शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • चुल्ठे भगवती नजिक एक युवक मृत भेटिए

चुल्ठे भगवती नजिक एक युवक मृत भेटिए

  • बुधबार, साउन १, २०८२
चुल्ठे भगवती नजिक एक युवक मृत भेटिए

गौरब बिष्ट/बाजुरा–  बाजुरा जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र चुल्ठे भगवती मन्दिर नजिक एक युवक मृत अवस्थामा फेला परेका छन । मंगलबार बिहान कंकाल अवस्थामा फेला परेको शव केही दिन अगाडि मृत्यु भएको अनुमान गरिएको छ ।
मृतक युवक बुढीगंगा नगरपालिका वडा नं. ८ का पारस कुँवरको रहेको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो शवको पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याईको जनाएको छ ।

आज नै उनको पोष्टमार्टमा हुने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारीले बताएका छन । पोष्टमार्टम रिर्पोट पछी थप अनुसन्धन हुने उनले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार