शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे गौमुलमा भिरबाट लडेर एक युवकको मृत्यु

बाजुराकाे गौमुलमा भिरबाट लडेर एक युवकको मृत्यु

  • मङ्लबार, असार ३१, २०८२
बाजुराकाे गौमुलमा भिरबाट लडेर एक युवकको मृत्यु

बाजुरा– जिल्लाको गौमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्मर ३  कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेका छन  । घरबाट  घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएकाे स्थानियले बताएका छन ।

स्थानीय देबेन्द्र धामीका अनुसार बोहरा आज बिहान घर नजिकैको बागेडोरा भन्ने जंगलमा घाँस काट्न गएका थिए। लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दा उनि मृत अवस्थामा फेला परे उनले भने ।  बोहरा घाँस काट्ने क्रममा चिप्लिएर भिरबाट लडेकाे हुन सक्ने स्थानियले बताएका छन् ।
घटनाबारे प्रहरीलाई जानकारी गराइ प्रहरीकाे टाेली घटनास्थल तर्फ गइसकेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारीले बताएका छन । मृतक बोहराका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार