सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • समाज
  • अछाममा ६ जना जुवाडे पक्राउ

अछाममा ६ जना जुवाडे पक्राउ

  • आइतवार, असार २९, २०८२
अछाममा ६ जना जुवाडे पक्राउ

अछामः अछाममा ६ जना जुवाडे पक्राउ परेका छन्। अछामको बान्नीगढी जयगढ गाउँपालिका-४ कैलाशखोला स्थित पुरानो घर (छाना)मा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष ४१ को खेमराज शर्मासहित ६ जनालाई नगद १८ हजार ९५ रुपैँया र २ गड्डी ताससहित जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार