शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • शीर्षकः बडीमालिका

शीर्षकः बडीमालिका

  • मङ्लबार, असार २४, २०८२
शीर्षकः बडीमालिका

शालीन शान्त पाटनहरु, हरियालीले छ ढाकेको
स्वर्गजस्तो सुन्दरताले, पर्यटकलाई छ डाकेको ।
पहाडको काखमा छ जो, धर्तीकै स्वर्ग भूमि यो
वन्यजन्तुको वासस्थान बनी, निलो आकाशमुनि यो ।।

सुन्दर, शान्त वक्षस्थल, सङ्गम त्रिवेणी पाटन
मानव पशुपन्छीको, खुशी मनको साटन ।
हेर्न र देख्न पाइन्छ यहाँ, खेतीवेती बासुधारा
जम्न, रम्न र रमाउन, पुग्नु पर्दछ है सारा ।।

थरी फूलहरू मुस्कुराउदै, स्वागत हरेक बाटोमा
मनमा खुशी र प्रफुल्लित, हुन्छ यहीको माटोमा ।
धार्मिक आस्थामा केन्द्रित यो, देवीको महिमा कति
मन मस्तिष्कमा शान्ति, अचुक गरिमा अति ।।

आउँछन् भक्तजनहरु, मन शान्त पार्न यहाँ
साच्चै हौ बडीमालिका तिमी, प्रकृतिको रत्न जहाँ ।
तिमीमा अगाध गर्व, छ आस्था विश्वास् शानको
सदा सौन्दर्य अटल, रहोस् बडीमालिका नामको ।।
।।।।।

चर्चामा

सम्बन्धित समाचार