• होमपेज
  • समाचार
  • रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित

रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित

  • मङ्लबार, असार २४, २०८२
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित

भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ । हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुगेको हो । क्याम्प बगाएपछि कर्मचारीहरु भागेर जंगलमा गएर बसिरहेको रसुवागढी जलविद्युत केन्द्रको प्रशासन प्रमुख टिकनाथ पौडेलले जानकारी दिए ।
‘हाइड्रोपावरमा ठूलो क्षति भएको अनुमान छ । हाम्रा गाडीहरु पनि बगेका छन्,’ उनले भने, ‘साथीहरु अडिट टु भनिने जंगल क्षेत्रमा गएर बसिरहनु भएको छ ।’

आयोजनाका दुई महिलासहित २५–३० जना कर्मचारीहरु रहेको र उनीहरुलाई उद्धार गर्न हेलिकप्टर पठाउने तयारी भइरहेको उनले बताए । हाइड्रोपावरको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको पौडेलले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार