
आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल, सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ ।


