• होमपेज
  • क्रिकेट
  • नेपालले उचाल्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

नेपालले उचाल्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

  • शनिबार, असार २१, २०८२
नेपालले उचाल्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

काठमाडौं —एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले ।

त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो ।

सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले‌ ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए ।

चर्चामा

सम्बन्धित समाचार