शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • सरकारी सेवा सुविधा फिर्ता गर्न पूर्वराष्ट्रपति भण्डारीको गृह मन्त्रालयमा निवेदन

सरकारी सेवा सुविधा फिर्ता गर्न पूर्वराष्ट्रपति भण्डारीको गृह मन्त्रालयमा निवेदन

  • बुधबार, असार १८, २०८२
सरकारी सेवा सुविधा फिर्ता गर्न पूर्वराष्ट्रपति भण्डारीको गृह मन्त्रालयमा निवेदन
फाइल तस्विर

काठमाडौ—पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।

‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उनी निकट स्रोतले भन्यो ।

भण्डारीले गत १४ असारमा औपचारिक रुपमा नेकपा एमालेको राजनीतिमा पुन: सक्रिय हुने घोषणा गरेकी थिइन् ।

उनले आफ्नो पार्टी सदस्यता नवीकरण पनि भएको जानकारी गराएकी छिन् । भण्डारीले राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै नेकपा एमालेमा नयाँ नेतृत्वको बहस पनि सुरु भएको छ ।
No description available.

चर्चामा

सम्बन्धित समाचार