शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बाजुराको बाउली खोलामा जोखिमपूर्ण बाटाेमा यात्रा गर्न बाध्य स्थानीय

बाजुराको बाउली खोलामा जोखिमपूर्ण बाटाेमा यात्रा गर्न बाध्य स्थानीय

  • मङ्लबार, असार १७, २०८२
बाजुराको बाउली खोलामा जोखिमपूर्ण बाटाेमा यात्रा गर्न बाध्य स्थानीय

बाजुरा—बाजुराको बाउली खोलामा स्थानीयहरु जोखिमपूर्ण बाटाेमा आवतजावत गरी रहेका छन् । बडीमालिका नगरपालिका अन्तर्गत बाउली खोलाको झोलंगे पुलको मुखैमा जोखिमपूर्ण बाटोमा आवतजावत गरी रहेका छन् ।

मार्तडी काेल्टी सडकखण्डकाे मुख्य बाटाेकाे झोलंगे पुलकै अगाडि बनाइएको पक्की सिडी जीर्ण बन्दै गएको छ । तर मर्मत नहुँदा स्थानीयहरु सोही पुलबाट आवतजावत गरीरहेका छन् । सिडीको आडका लागि तल लगाएका ग्याविन जाली लगाएका भएपनि भासिदै गएपछि जोखिम बनेको स्थानीयहरुले बताएका छन् । उक्त बाटोबाट स्थानीयहरु सदरमुकाम मार्तडीबाट बडीमालिका ७ तथा जिल्लाको पूर्वीउत्तरी भेग जाने गरेका छन् ।

जीर्ण बनेको सिडी एकतिर जोखिमपूर्ण छ भने अर्कोतिर उक्त सिडी भत्कियो भने आवतजावत नै पूर्ण रुपमा बन्द हुने स्थानीयहरुले बताए ।

सदरमुकाम मार्तडी नजिकै रहेको बाउली खोलामा पुल नहुँदा स्थानीयहरु झोलंगे पुलबाट आवतजावत गर्दै आएका छन् । खोलाबाट आवतजावत गर्ने अवस्था छैन् ।

बडीमालिका नगरपालिका ७ का स्थानीय बिजयराज जोशीले सदरमुकाम नजिकै रहेकोले आवतजावत बढी हुने गरेको भन्दै यसमा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । उनले झोलंगे पुल जाने मुखमै सिडी भासिदै आएको भन्दै यसलाई मर्मत वा काठेपुल बनाउनु पर्ने बताए ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बडीमालिकाका नगर प्रमुखसँग छलफल गरेर तत्काल काम गर्न आग्रह गरी सकेको बताए ।

त्यस्तै बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले अबको केही दिनमै काम सुरु गरिने बताए ।

चर्चामा

सम्बन्धित समाचार