
बाजुरा—बाजुराको बडीमालिका नगरपालिका ९ मा रहेको मष्टेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई कपडा सहयोग गरिएको छ । विद्यालयमा रहेका विपन्न विद्यार्थीहरुलाई लुगा तथा स्टेशनरी वितरण गरिएको सामाजिक अभियान्ता चादनी ऐरले बताएकी छन् ।
विद्यालयमा रहेका १ सय बढी विद्यार्थीलाई सामग्री सहयोग गरिएको जनाएकाे छ । विपन्न विद्यार्थीलाई तलमाथि लगाउने लुगा तथा स्टेशनरी सहयोग गरेको बडिमालिका नगरपालिकाकी निवर्तमान उपप्रमुख कबिता बिष्टले बताइन् ।
सामाजिक अभियान्ता ऐरको समन्वयमा विभिन्न सहयोगीदाताको सहयोगमा वितरण गरिएको विद्यालयले जनाएको छ ।सहयोग अभियानमा अमेरिका बस्दै आएका शिव सिलवालको एलायन्सको जन्मदिनको अवसरमा सहयोग गरेका थिए । त्यस्तै योगेश राई, पर्वत राई, अजुन केसी, तर्जुमा मगर, एल जि शेर्पाले सहयोग गरेको समाजसेवी चाँदनी ऐरले बताएकी छन् । सामुदायकि विद्यालयमा विपन्न विद्यार्थी अध्ययन गर्ने गरेका हुन्छन्, उनीहरुकाे आर्थिक अवस्था कमजोर हुने गर्छ, त्यसैले थोरै भएपनि सहयोग गरेको उनले बताइन् ।
सहयोग पाउदा विद्यार्थीहरु निकै खुशी भएका छन् । सहयोगी दातालाई विद्यालय परिवारले सम्मान सँगै धन्यवाद दिएकाे छ । चादनी ऐरले सुदूरपश्चिमका सबै जिल्लामा पुगेर सामाजिक कार्य गर्दै आइरहेकी छन् । उनी कञ्चनपुरमा बसेपनि दिन दुखीको सेवा गर्न जिल्ला जिल्ला पुग्ने गरेकी छन् ।
