शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढिनन्दा
  • एसईईमा बुढीनन्दा नगरपालिकाका ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईमा बुढीनन्दा नगरपालिकाका ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • सोमवार, असार १६, २०८२
एसईईमा बुढीनन्दा नगरपालिकाका ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण

बाजुरा– २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराको बुढीनन्दा नगरपालिकाका ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नगरपालिकाबाट एसईईमा सहभागी मध्ये ८३ दशमलव २ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
एसईईमा पालिकाबाट ५ वटा विद्यालयका २ सय ८ मध्ये एक सय ७३ जना विद्यार्थी उत्तीर्ण भएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै एसईईमा सबैभन्दा उत्कृष्ट नतिजा नन्देश्वरी माविको देखिएको छ । त्याँहाबाट सहभागी १२ जना सहभागी भएकोमा १२ जना उत्तीर्ण भएर शत प्रतिशत नतिजा हासिल गरेको छ । त्यस्तै बाँधु माविमा ३७ जना मध्ये ३४ जना उत्तीर्ण भएका छन् । जनप्रकाश माविमा ८१ जना मध्ये ६१ जना उत्र्तीण भएका छन् भने २ जना सहभागी नभएको जनाएको छ ।

त्यसैगरी, देवलडाँडा माविमा २५ मध्ये २३ जना उत्तीर्ण भएका छन् भने सत्य माविमा ५१ मध्ये ४३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । नगर प्रमुख जनक बोहराले शैक्षिक क्षेत्रमा लगानी अनुसार अझै लक्ष्यमा पुग्न नसकेको भन्दै नतिजामा सुधार हुदैँ गएकाले यसमा सबैको साझा संकल्प आवश्यक रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार