शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाम्काका अग्नीपीडितलाई ६७ लाख बढी रकम हस्तान्तरण

बाम्काका अग्नीपीडितलाई ६७ लाख बढी रकम हस्तान्तरण

  • सोमवार, असार १६, २०८२
बाम्काका अग्नीपीडितलाई ६७ लाख बढी रकम हस्तान्तरण

बाजुरा—बाजुराको बाम्का बजारका अग्नीपीडितलाई ६७ लाख ८२ हजार ८ सय ६७ रुपैयाँ हस्तान्तरण गरिएको छ । २०८२ जेठ २३ गते दिउँसो बाम्का बजारमा भएको भीषण आगलागीबाट पीडितहरुलाई विभिन्न निकाय तथा संकलित रकम वितरण गरिएको हो ।

आइतबार एक औपचारीक कार्यक्रमका बिच सो समितिको खातामा जम्मा भएको उक्त रकम पीडितलाई हस्तान्तरण गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले बताएका छन् ।

नगर प्रमुख बानियाको नेतृत्वमा बनेको राहत संकलन तथा व्यवस्थापन समितिले सरोकारावालाका बिच औपचारीक कार्यक्रमको आयोजना गगरी उक्त रकमको चेक अग्नीपीडितलाई हस्तान्तरण गरिएको बानियाले बताए । उनले उक्त अभियानमा सहयोग गर्ने, सुदुरपश्चिम प्रदेश सरकार, बाजुराका ९ वटै पालिका, सम्पूर्ण संघसंस्था, उद्योगी, व्यापारी लगायत सबैलाई धन्यवाद दिए । त्यस्तै नगर प्रमुख बानियाँले हालसम्म पुनः स्थापनाका लागि विभिन्न निकायबाट करिब एक करोड बराबरको राहत संकलन भएको बताएका छन् ।

जेठ २३ नवदुर्गा होटलमा खाना पकाउने ग्याँस सिलिन्डर विष्फोट हुँदा भएको भीषण आगलागीले सम्पूर्ण बजार क्षेत्र प्रभावित भएको बजारको राहत पुनः निर्माणका लागि रकम हसतान्तरण गरिएको पालिकाले जनाएको छ ।

प्रभावितहरुलाई चेक हस्तान्तरण गरी राहत वितरण सम्पन्न गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रवक्ता हेमराज जैशीले बताएका छन । राहतसँगै पुनःनिर्माण कार्य पनि ९० प्रतिशत बढी सम्पन्न भइसकेको उनको भनाई रहेको छ । त्यस्तै उक्त रकम बाहेक केही यसअघि नै नगद हस्तान्तरण भइसकेको उनले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार