बिहिबार, असार २६, २०८२
  • होमपेज
  • समाज
  • बाजुरेली समाजद्धारा रक्तदान कार्यक्रमकाे आयोजना

बाजुरेली समाजद्धारा रक्तदान कार्यक्रमकाे आयोजना

  • सोमवार, असार १६, २०८२
बाजुरेली समाजद्धारा  रक्तदान कार्यक्रमकाे आयोजना

धनगढी– बाजुरेली समाज धनगढीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको छ। आइतवार समाजको आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २८ पुरुष र ४ जना महिलाले रगतदान गरेको हुन । सामाजिक उत्तरदायित्व निर्वाह गर्ने निर्णय अनुसार रक्तदान कार्यक्रम आयोजना गरिएको समाजको अध्यक्ष भरत केसीले बताए । नेपाल रेडक्रस कार्यालय कैलालीको कार्यालयमै रक्तदानको कार्यक्रम आयोजना गरेको थियो ।

बजारमा देखिएको रगत अभावलाई ध्यानमा राख्दै रक्तदान कार्यक्रम आयोजना गरेको समाजले जनाएको छ । रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत सङ्कलन हुनु एक अत्यन्त सराहनीय र सफल प्रयास भएको समाजका सचिव हर्क ओलीले बताए । रक्तदान कार्यक्रममा युवाहरू, स्वास्थ्यकर्मी, तथा सामाजिक अभियन्ताहरूको सहभागिता जनाएका हुन । यो अभियानले रगत अभावका कारण ज्यान गुमाउने अवस्थालाई रोक्न ठूलो योगदान पु¥याउने विश्वास आयोजकहरूले व्यक्त गरेको छ ।

बाजुरेली सेवा समाज स्थापना भएको २१ वर्ष पुगेको छ । समाजले पछिल्लो समय धनगढीमा रहेर विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार