
बाजुरा– बाजुरामा ४५ दशमलव २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कुल क्षेत्रफलको हजार २८५ हेक्टर क्षेत्रफलमा सिचाई हुने जिल्लाको रुपमा रहेको असार दोस्रो सातासम्ममा करिब ४५ लशमलव २५ प्रतिशत प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
२८ हजार १ सय ३५ हेक्टर क्षेत्रफल खेतीयोग्य मानिय पनि बाजुरा जिल्लामा १८ दशमलव ७८ प्रतिशित सिचाई हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम साहानीले बताएका छन । जिल्लाका केही पूर्व–उत्तर क्षेत्रमा सिचाई नहुने र वर्षामा मात्र निर्भर रहँदा रोपाइँ ढिला हुने समस्या देखिएको छ ।
