
विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा समन्वय इकाई राख्ने सहमति भएको छ । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बनेको उपसमितिले तयार पारेको प्रतिवेदनमाथिको छलफलका क्रममा सो सहमति जुटेको हो ।
संविधान अनुसार मिलाएर नबाझिने गरी जिल्ला शिक्षा कार्यालय राख्ने सहमति भएको हो । शनिबार सिंहदरबारमा बसेको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो । विद्यालय शिक्षा विधेयक समितिबाट पारित गरेर सभामा पठाउने अन्तिम तयारीमा छ ।
