बाजुरा– बाजुराको बडीमालिका नगरपालिकामा महिलाहरुलाई आत्मर्भिर बनाउन सिस्नु पाउडर बनाउने ८ दिने तालिमकाे समापन गरिएकाे छ । बडीमालिका नगरपालिका उद्यम विकास शाखाकाे आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।
स्थानीय महिलाहरुलाई आत्मर्भिर बनाएर व्यवसायिक बनाउदै आर्थिक रुपमा सशक्त बनाउने उदेश्यका साथ तालिम सञ्चालन गरिएको बडीमालिका नगरपालिका नगर प्रमुख तथा समापन कार्यक्रमका प्रमुख अतिथि अमर खड्काले बताए । विशेष गरी आर्थिक रुपले विपन्न महिलाहरुलाई सीप सिकाएर व्यवसायिक बनाउँदै आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरेको नगर प्रमुख खड्काले बताएका छन । उनले महिलाहरुलाई सीप सिकाएर आर्थिक रुपले शसक्त बनाउनका लागि नगरपालिकाले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् ।
स्थानीय स्तरमा पर्याप्त रुपमा पाइने कच्चा पदार्थको सदुपयोग गर्दै महिलाहरुलाई सीप सिकाएर व्यवसायिकतामा जोड्न नगरपालिकाकाे निती अनुरुप कामहरु अगि बढाएकाे बताएका छन । त्यस्तै नगर प्रमुख खड्काले समाजमा व्यवसायीकतामा लगानी छैन भन्ने मान्यता रहेको भन्दै उनले जुन कुरामा सीप छ त्यसैमा पैसा रहेको बताए । उनले महिला तथा बेरोजगार युवाहरुलाई व्यवसायिक बनाउन सीपमूलक एवम् आयआर्जनका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई जोड दिइने बताए ।
जिल्लाका सबै ठाउँमा पाइने सिस्नुको प्रशोधन, पाउडर उत्पादन सँगै यसको प्याकेजिङ र बजारीकरण सम्बन्धी महिलाहरुलाई दिइएको तालिमले व्यवसायिक बनाउने र बजारीकरण नगरपालिका गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले बताए । उनले सिस्नु टिप्ने, पाउडर उत्पादन, प्रशोधन, ब्राण्डिङसँगै यसको बजारीकरण गर्न नगरपालिकाले सहयोग गर्ने बताए ।
तालिममा सहभागीहरुले स्थानीय स्तरमा अत्याधिक पाइने सिस्नुलाई प्रशोधन गरेर पाउडर बनाएर तयार गरेका छन । उक्त तालिमको प्रशिक्षक कमला सुवेदीले गरी रहेकी थिइन । असार ७ गतेबाट सञ्चालन भएको उक्त तालिम १४ गतेसम्म सञ्चालन भएर आज समापन गरिएकाे बडीमालिका नगरपालिका उद्यम विकास शाखा रन्जिता शाहीले बताएकी छन। तालिममा नगरपालिकाभित्रका २७ जना महिलाहरुको सहभागीता उनले भनिन ।
तालिमकी प्रशिक्षक कमला सुवेदीले सिस्नुको पाउडर व्यापारिक दृष्टिले मात्रै नभई स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायिक रहेको बताइन् । उनले काठमाडौंबाट तालिम दिन बाजुरामा आएको भन्दै सिस्नुको पाउडर बनाउने तरिका, प्रशोधन, प्याकेजिङ र बजारीकरण लगायतका विषयमा तालिममा सिकाएकाे बताएकी छन । त्यस्तै उनले सिस्नुलाई केबल वनमा पाइने झारका रुपमा मात्र नलिई यसको प्रशोधन सम्बन्धी तालिम लिएर व्यवसायिक रुपमा आर्यआर्जन गर्न सकिने बताइन् । सिस्नु पाउडरले ग्यास्टिक लगायतका करिब ४० वटा रोगहरुको निर्मूल गर्ने औषधिका रुपमा प्रशिक्षक सुवेदीले बताएकी छन् ।
उक्त तालिममा सहभागीहरुले आफूहरुलाई सीप सिकाएर आत्मर्भिर बनाउन तालिमको आयोजना गरेको भन्दै नगरपालिका परिवारलाई धन्यवाद दिएका छन । आफूहरुले तालिममा सिकेको सीप घरमा पनि प्रयोग गर्ने भन्दै सिस्नुको पाउडरलाई बजारीकरणमा पालिकाले सहयोग गर्नुपर्ने बताएका छन । हाम्रो गाउँघरमा सिस्नु प्रशस्त पाइन्थ्यो तर खाने तरिका थाहा थिएन तर अहिले यस तालिममो यसको प्रशोधन, पाउडर बनाउने तरीका, बजारीकरणका विषयमा सिप सिकाएकाेमा नगरपालिकालाइ धन्यवाद समेत ब्यक्त गरेका छन । बडीमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीकाे अध्यक्षतामा सचालन भएकाे कार्यक्रमका प्रमुख अतिथि बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्का रहेका थिए । बडीमालिका नगरपालिका उद्यम विकास शाखा सहजकर्ता रन्जिता शाहीले संचालन गरेकाे कार्यक्रममा अतिथिकाे रुपमा प्रेस चाैतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय र बरिष्ठ प्रशिक्षक कमला सुवेदी रहेका थिए ।