बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा रहेको मालिका माध्यामिक बिध्यालयका ८ सय ८५ जना बिध्यार्थीलाई बिध्यालय पोशाक बितरण गरिएको छ । ‘दौँतरी संस्था झोछेँ काठमाडौं’ को सहयोगमा ८ सय ८५ जना बिध्यार्थीहरुलाइ बिध्यालय पोशाक बितरण गरिएको हो । मालिका माध्यमिक विद्यालयकाे समन्वय तथा दौँतरी संस्था झोछेँ काठमाडौंको सहयोगमा ८ सय ८५ विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष काशी विकले बताएका छन् ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले दुर्गम जिल्ला बाजुरामा आएर सहयोग गरेकोमा दौँतरी संस्था झोछेँ काठमाडौंलाइ धन्यवाद ज्ञापन गरेका छन । बिध्यालय र बिध्यार्थीलाई गरेको सहयोगले उत्साह दिएको बताए । यो अभियानमा नगरपालिको दौँतरी संस्था झोछेँ काठमाडौं हातेमालो गर्दै अगी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।
यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी विकले भने “विद्यालय पोशाक वितरणले विद्यार्थीहरूको आत्मबल बढाउने मात्र होइन, नियमित रूपमा विद्यालय भर्ना रहने वातावरण पनि सृजना गरेको बताए” यो सहयोगका लागि सहयोगी निकायलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष विकले भने सहयोग र सहकार्य निरन्तर होस र यसले बिध्यालय परिवार र ‘दौँतरी संस्था झोछेँ काठमाडौं’संगको आत्मियता सधै रहने बिस्वास रहेको बताए । यस अघि पनि ‘दौँतरी संस्था झोछेँ काठमाडौं’ले यस बिध्यालयलाइ सहयोग गर्दै आएको र आगामी दिननमा पनि सहयोग रहिरने बिस्वास रहेकाे अध्यक्ष विकले बताएका छन ।
प्रधानाध्यापक शुभराज पाध्यायले सबै सहयोगी प्रति धन्यवाद ज्ञापन गर्दै भनेः “समुदायमूलक प्रयासले विद्यालयको शैक्षिक वातावरण अझ सुदृढ हुनेछ भन्ने विश्वास लिएको बताए” । दौँतरी संस्था झोछेँ काठमाडौं संगले यहाका बिध्यार्थीमा हौसला प्रदान हुनुका साथै बिध्यालयको शैक्षिक प्रगतीमा टेवा पुग्ने बताए ।
कार्यक्रममा बोल्दै दौँतरी संस्था झोछेँ काठमाडौं अध्यक्ष सम्पन्न स्थापितले भने “हामी निरन्तर यस्ता कार्यक्रमद्वारा मालिका माबि संग जोडीराख्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । गुणस्तरीय शिक्षा र अवसर सुनिश्चित गर्ने लक्ष्य सहित संस्थाले अभियानलाई निरन्तरता र मालिका माबिसंग सहकार्य रहिरने प्रतिबद्धता ब्यक्त गरेका छन।
बिध्यालयको आयोजनामा शनिबार एक औपचारीक कार्यक्रमका बिच पोशाक बिध्यार्थीहरुलाई बितरण गरिएको बिध्यालयका प्राधानाध्यापक शुभराज पाध्यायले बताएका छन । मालिका माध्यामिक बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष काशी वि.क.को अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए । कार्यक्रममा बिषिष्ठ अतिथिको रुपमा बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी, दौँतरी संस्था झोछेँ काठमाडौँका अध्यक्ष सम्पन्न स्थापित र सोही संस्थाका कोषाध्यक्ष उत्तरा मानन्धर रहेका थिए ।
पोशक वितरण कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, पत्रकार महासंघका अध्यक्ष पदम बहादुर सिहं, प्रेस चौतारी नेपालका अध्यक्ष लक्ष्मीराज पाध्याय, मालिका माबिका शिक्षक कर्मचारी, विद्यार्थी र अभिभावकहरुको उपस्थित रहेको थियो । बिध्यालयका शिक्षक कृष्णनाथ योगीले संचालन गरेको कार्यक्रमको स्वागत प्राधानाध्यापक शुभराज पाध्यायले गरेका थिए ।