शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • शिक्षा
  • बाजुराबाट एसईईमा ५१.७२ प्रतिशत विद्यार्थी उत्तीर्ण

बाजुराबाट एसईईमा ५१.७२ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • शनिबार, असार १४, २०८२
बाजुराबाट एसईईमा ५१.७२ प्रतिशत विद्यार्थी उत्तीर्ण

बाजुरा—बाजुराबाट २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५१.७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाभरका सामुदायिक र संस्थागत गरी ७० विद्यालयबाट सहभागी मध्ये एक हजार १ सय ९९ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले एसईई परीक्षामा साधारण धारतर्फ एक हजार एक सय ११ र प्राविधिक धारतर्फबाट ८८ जना विद्यार्थी उत्तीर्ण भएको जनाएको छ । त्यस्तै साधारणबाट एक हजार एक सय ५ र प्राविधिकबाट १४ गरी एक हजार एक सय १९ जना नन ग्रेडमा परेका छन् ।

त्यस्तै एसईई परीक्षामा सहभागी ग्रेडवृद्धितर्फका ६ सय १ जना मध्ये ३ सय ७० जना उत्तीर्ण भएको जनाएको छ ।
 

 

चर्चामा

सम्बन्धित समाचार