
बाजुरा– बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५१ करोड ८२ लाख १८ हजार ३ सय रुपैयाँको बजेट ल्याएको छ । चालु खर्चः ३४करोड १७ लाख २३ हजार ४ सय ७७ रुपैयाँ र पुँजीगत खर्चः १७ करोड ६४ लाख ९४ हजार ८ सय २३ रुपैयाँ गरि कुल बजेटः ५१ करोड ८२ लाख १८ हजार ३ सय रुपैयाँ रहेको छ ।
आज सम्पन्न नगर सभाबाट निति तथा कार्यक्रमको नगरपालिकाले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका छन । नगर प्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलन मार्फत निति तथा कार्यक्रम र बजेट विवरण सार्वजनिक गरिएको नगर प्रबक्ता पाध्यायले बताए ।
बनियोजित बजेट अनुसार बिषयगत क्षेत्र सामाजिक बिकासमा १९ करोड १४ लाख ८२ हजार, पुर्बाधारमा १३ करोड ७८ लाख १० हजार ५ सय ६०, कार्यालय प्रशासनतर्फ १५ करोड ५८ लाख २२ हजार ३ सय ५०, आर्थिक बिकासमा २ करोड १५ लाख ९४ हजार शुसान तथा संस्थागत तर्फ १ करोड १५ लाख ९ हजार ३ सय ९० रुपीया बिनियोजन गरिएको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
नगर प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उप प्रमुख नन्दा थापा प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी र वडाअध्यक्ष जिल्ला स्थित पत्रकारहरु सहाभागी रहेका थिए । पत्रकार सम्मेलन नगर प्रबक्ता धर्मराज पाध्यायले निर्णय सार्बजनिक गरेका थिए । कार्यक्रममा उपप्रमुख नन्दा थापा, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी, वडाध्यक्षहरू, पत्रकारहरू तथा अन्य सरोकारवाला सहभागी थिए। नगर प्रवक्ता धर्मराज पाध्यायले बजेट विवरण सार्वजनिक गरेका थिए।
बडीमालिका नगरपालिकाले सामाजिक विकास, पूर्वाधार निर्माण, प्रशासनिक सुधार, आर्थिक समृद्धि र शुसासनलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ ।
