शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिकाको ४८ करोड ४६ लाखको बजेट सार्वजनिक

त्रिवेणी नगरपालिकाको ४८ करोड ४६ लाखको बजेट सार्वजनिक

  • मङ्लबार, असार १०, २०८२
त्रिवेणी नगरपालिकाको ४८ करोड ४६ लाखको बजेट सार्वजनिक

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु. ४८ करोड ४६ लाख ८१ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले चालू खर्चतर्फ रु. ३६ करोड ९५ लाख ४८ हजार र पुँजीगत खर्चतर्फ रु. ११ करोड ५१ लाख ३३ हजार विनियोजन गरेको छ। बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, महिला सशक्तिकरण तथा डिजिटल सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ।

नगर प्रमुख थापाले बजेट पारदर्शी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै योजना निर्माणदेखि कार्यान्वयनसम्म जनताको आवश्यकता, सुझाव र सहभागितालाई प्राथमिकता दिने नीति लिइएको बताए। बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख कमला कुमारी जैसी न्यौपानेले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको बताएकी छन ।

नगरसभाबाट पारित नीति तथा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ लगायतका आधारभूत सेवामा जोड दिइएको जनाइएको छ। नगरपालिकाले आगामी वर्षलाई “पर्यटन प्रवर्द्धन वर्ष” का रूपमा मनाउने तयारी गरेको छ। यस अन्तर्गत स्थानीय प्राकृतिक सम्पदा, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण र प्रचारमा विशेष जोड दिइनेछ।

चर्चामा

सम्बन्धित समाचार