• होमपेज
  • समाचार
  • सिर्जनशील सोचका प्रतिनिधि युवाहरू, एउटै छाता मुनि संगठित”

सिर्जनशील सोचका प्रतिनिधि युवाहरू, एउटै छाता मुनि संगठित”

  • मङ्लबार, असार १०, २०८२
सिर्जनशील सोचका प्रतिनिधि युवाहरू, एउटै छाता मुनि संगठित”

गौरब विष्ट/ बाजुरा– “बदलिँदो युगको बदलिँदो सोच, सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने हाम्रो उद्देश्य” भन्ने मूल नाराका साथ २०८० सालमा स्थापना भएको हो। समाजमा साहित्यिक चेतना, मिडियामार्फत अभिव्यक्ति र सामाजिक उत्तरदायित्वको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्थापित यो समूहले नेपालका ७७ वटै जिल्लाबाट युवाहरूको सहभागिता सुनिश्चित गर्दै एक राष्ट्रिय संरचनाको रूपमा आफूलाई स्थापित गर्दै लगेको छ।

सिर्जनशील मिडिया ग्रुपले छोटो अवधिमै देशभरका सिर्जनशील युवाहरूलाई एउटै छातामुनि ल्याउने महत्वपूर्ण सफलता हासिल गरेको छ। ग्रामीण, शहरी, सुदूरपश्चिमदेखि पूर्वका विकट भेगसम्मका युवाहरूलाई साहित्य, सञ्चार, कला र सामाजिक अभियन्ता बन्न प्रेरित गर्दै समूहले राष्ट्रिय तहमा आफ्नो सशक्त पहिचान बनाउँदै लगेको छ।

नयाँ कार्यसमितिमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व भएका युवाहरूलाई समेटिएको छ। समावेशी नेतृत्व, महिला सहभागिता, नयाँ पुस्ताको जोश र विविधता यस कार्यसमितिको प्रमुख विशेषता हो। नेतृत्व तहमा सर्मिला सुनार (अध्यक्ष), पुर्णीमा विश्वकर्मा (उपाध्यक्षहरू), समीर पुयाल (सचिव) लगायत विभिन्न पदमा रहेका सदस्यहरू नेपालका विभिन्न भूगोल, भाषा, संस्कृति र समुदाय प्रतिनिधित्व गर्ने पात्रहरू हुन्। यसले समूहको राष्ट्रिय दायरामा विस्तार भएको स्पष्ट संकेत दिन्छ।

समूहले सञ्चालन गर्ने गतिविधिहरूमा साहित्यिक गोष्ठी, रचनात्मक लेखन तालिम, पुस्तक विमोचन, गजल, मुक्तक कविता , वक्तित्वकला तथा कहानी प्रतियोगिता, युवामैत्री छलफलजस्ता विषय समेटिएका छन्। यस्ता कार्यक्रमहरूले युवाहरूमा सिर्जनशीलता, आत्मविश्वास र सामाजिक जिम्मेवारीको भावना विकास गर्न सहयोग पुर्‍याउँदै आएका छन्।

समूहसँग आवद्ध सल्लाहकार, व्यवस्थापक, सदस्य को उपस्थिति हाल देशका सबैजसो जिल्लामा फैलिएको छ, जसले गर्दा कार्यक्रमको दायरा गाउँ–शहर, टोल–विद्यालय, गाउँपालिका–नगरपालिका हुँदै राष्ट्रिय तहसम्म पुगेको छ।

सिर्जनशील मिडिया ग्रुप अब केवल एउटा साहित्यिक समूह नभई, युवा नेतृत्वको सशक्त प्लेटफर्मको रूपमा स्थापित हुँदैछ, जसले विचार, अभिव्यक्ति र क्रियाशीलता तीनैलाई समेटेर सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने दृढ अठोट लिएको छ।

चर्चामा

सम्बन्धित समाचार