सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुलमा खोलाले बगाएर एक जना बेपत्ता

गौमुलमा खोलाले बगाएर एक जना बेपत्ता

  • आइतवार, असार ८, २०८२
गौमुलमा खोलाले बगाएर एक जना बेपत्ता

बाजुरा– गौमुल गाउँपालिकामा एक जनालाई खोलाले बगाउदा बेपत्ता भएका छन । बेपत्ता हुनेमा सोही गाउँपालिका वडा नं ३ का निवर्तमान वडा सदस्य अन्दाजी बर्ष ४५ का धन बहादुर बाेहरा रहेका छन । दिउसो २ बजेर ४५ मिनेटतिर खोलाले बगाएको  सोही वडा वडाअध्यक्ष गोरख बोहराले बताएका छन ।

धन बहादुर लगायत स्थानीयहरु घट्टको पाथर तार्ने क्रममा खोला पारी गएको बेला एकाएक रौदिखोला उर्लेर आएको थाहा नभएपछि उनलाई बगाएको स्थानियले बताएका छन । उनि संगै अर्का एक जना भने सकुशल रहेको वडा अध्यक्ष बोहराले बताएका छन । स‌गै बगेका मध्य एक जना घाइते भएका छन । घाइते हुनेमा साेही गाउँका अन्दाजी ४०/४५ बर्षका दिल बहादुर बाेहरा रहेका छन । उनकाे माझपाली आधारभुत स्वास्ठ केन्द्रमा उपचार भइरहेकाे स्थानियले बताएका छन ।

स्थानीय स्रोतहरूका अनुसार, हालसम्म उनको अवस्था अज्ञात रहेको छ । स्थानीय र सुरक्षाकर्मीहरूद्धारा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बोहराले बताएका छन । स्थानीय निकाय र सुरक्षाकर्मीहरूले घटनास्थलमा खोजी कार्य जारी राखेको सुचना अधिकारी बोहराले बताए ।

चर्चामा

सम्बन्धित समाचार