• होमपेज
  • कला /साहित्य
  • तिमि भन्छौ शान्तिमय सारा संसार भएको छ

तिमि भन्छौ शान्तिमय सारा संसार भएको छ

  • शुक्रबार, असार ६, २०८२
तिमि भन्छौ शान्तिमय सारा संसार भएको छ

तिमि भन्छौ शान्तिमय सारा संसार भएको छ,
विकास पनि यो देशमा सदाबाहार भएको छ।

सरकार भन के मलाई किटान गरि भन्नैपर्ने हो,
किन देख्दैनौँ यार कात्रोमै भ्रष्टाचार भएको छ।

बाबाले छिमेकमा चौकिदार गरेको जीवनभरी,
अचेल छोरा सउदी र कहिले कतार भएको छ।

सायद नातिलाई ग्रिनकाड मिल्छ कुनै देशको,
भन्छन् यो सरकार विदेशी बफादार भएको छ।

हाम्रो संसदभित्र हानाहान हुन्छ भत्ताको लागि,
दुष्टलाई पनि त बद्नाम गर्ने आधार भएको छ।

आमाले सधैँ भन्नुहुन्थ्यो कसैलाई ठग्नु पाप हो,
याहाँ त जसले ठग्यो उहि साहुकार भएको छ।

चर्चामा

सम्बन्धित समाचार