शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • मन्त्रीले उद्घाटन गरेको एक हप्तामै बिग्रियो डि फ्रिज

मन्त्रीले उद्घाटन गरेको एक हप्तामै बिग्रियो डि फ्रिज

  • बिहिबार, असार ५, २०८२
मन्त्रीले उद्घाटन गरेको एक हप्तामै बिग्रियो डि फ्रिज

बाजुरा—जिल्ला अस्पताल बाजुरामा रगत संकलन गर्ने डि फ्रिज एक हप्तामै बिग्रिएको पाइएको छ । २०८२ बैशाख १२ गते डि फ्रिजको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए ।

डि फ्रिज सञ्चालनमा ल्याएर आकस्मिक रक्त सञ्चार केन्द्र जिल्ला अस्पताल बाजुरा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सहयोग तथा समन्वयमा स्थापना गरेको भन्दै मन्त्रीद्धारा उद्धघाटन गरेको थियो ।

जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले उक्त मेसिन अर्थात डि फ्रिज सञ्चालन गरेको एक हप्तामै बिग्रिएको बताएका छन् । उनका अनुसार मेसिन बिग्रिएको दुई महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन् । उक्त मेसिनमा ३५ दिनसम्म रगत संकलन गर्न सकिने उनले बताए ।

मेसिन मर्मत नहुँदा अहिले जिल्ला अस्पतालमा सुत्केरी तथा गर्भवती लगायतका बिरामीहरु रगत अभावमा छट्पटिएका हुन्छन् । रगतका लागि हारगुहार गर्नु पर्ने बाध्यता रहेको छ ।

आकस्मिक समयमा सहज रुपमा रगत उपलब्ध हुने विश्वास सहित स्थापना गरिएको उक्त सेवाको मेसिन मर्मतमा कसैको ध्यान जान नसकेको स्थानीयहरुले बताएका छन् । उक्त सेवा यसअघि कोरोनाको समयमा समेत सञ्चालन गरिएको थियो ।
जिल्लामा रगत संकलन केन्द्र नहुँदा यहाँका दुर्गम गाउँमा रगत नपाएरै छट्पटिएकी गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, स्थानीय लगायतले नै रगत दिएर बचाउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार