भन्छन् न्याय मिल्छ र सत्य अटल हुनेगर्छ,
यही मानव समाज हो सधैँ बिफल हुनेगर्छ।
यहाँ पशुको जस्तै व्यवहार देख्छु धेरैजसो,
खै कुन्नी कसरी न्यायमाथि अमल हुनेगर्छ।
गवा बिना बालात्कारी नै रिहा भयो अंस्ती,
बलात्कारकै जश्मदिन कहाँ असल हुनेगर्छ।
गवा बिक्छन् उस्तै व़किल बिक्छन् धन् मा,
न्याय पाउने वाला कि त ठुलो दल हुनेगर्छ।
हाम्रो देशभित्र राजनीति कोटामा बदलियो,
उनकै दृष्टिमा सोझा सधैँ वेअक्कल हुनेगर्छ।
मन्दिर पाठशाला जहाँ पनि हुन्छ राजनीति,
त्यसैले हाम्रो समाज पनि खलबल हुनेगर्छ।