थाहा छ म आफैलाई सधैँ हतार हुनेगर्छ,
कुन्की किन समयसँग अघात प्यार हुनेगर्छ।
साहिद् गर्नैपर्ने कामहरू धेरैछन् समय थोरै,
हुट्हुटी पनि आफुलाई समयनुसार हुनेगर्छ।
यो लाग्छ समय त अमूल्य छ आउँदैन फेरि,
लाग्छ जिन्दगी नै समयको उपहार हुनेगर्छ।
हामि आपसमा सकेसम्म लिन दिन न गरौँ,
पैसाको मुख कालो आपसमा दरार हुनेगर्छ।
पुँजिवादी समाज बिषकैपनि तिर्नैपर्छ पैसा,
पैसाको कटपुतली पनि यही संसार हुनेगर्छ।
हाम्रो आफ्नै अडान हुन्छ रत गरिबछौँ हामि,
भर न पर्नु नैतिक्ताको समेत व्यापार हुनेगर्छ।