शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • तरकारी खेतीबाट लाखौ आम्दानी गर्दै बाजुराका किसान

तरकारी खेतीबाट लाखौ आम्दानी गर्दै बाजुराका किसान

विदेशबाट फर्केलगत्तै तरकारी खेतीमा आकर्षित

  • आइतवार, असार १, २०८२
तरकारी खेतीबाट लाखौ आम्दानी गर्दै बाजुराका किसान

बाजुरा—बाजुराको बुढीगंगा नगरपालिका १ बस्ने कृषक पदम बहादुर रावत तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । विगत केही बर्ष पहिला उनी भारतमा गएर ज्याला मजदुरी गरिरहेका थिए । पछिल्लो केही बर्ष यता भने पदम कृषि खेतीमा गाउँमै जम्दै आएका छन् ।

भारतमा चौकिदारी गरेर खासै बचत नगरेका पदम अहिले बार्षिक ५ देखि ७ लाख जति कमाउने गरेका छन् । उनले तरकारी खेतीसँगै बाख्रा पालन व्यवसाय गर्दै आएका छन् । उनले काक्रा, टामाटार, गोपि, हरियो साग, प्याज, जुकेनी तथा बेमौसमी तरकारी लगाउने गरेका छन् ।

पदमले तिन जना छोराछोरीलाई राम्रो शिक्षा दिइरहेका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी भएकाले छोराछोरीलाइ पठनपाठन गर्नमा निकै सहज भएको पदमले बताए । उत्पादन भएको तरकारी स्थानिय बजार र बझाङ्ग जिल्ला समेत बिक्री गर्ने गरेका छन् । पदम जस्तै सोही गाउँका अन्यले पनि कृषिबाट मनग्य आम्दानी गरिरहेका छन् ।

त्रिवेणी नगरपालिका ८ पन्ताली बस्ने नन्दकला देबी बुढाले पनि तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेकी छन् । उनीहरुले गाउँमा नवजोति कृषक समुह गठन गरेर कृषिलाई अझ संस्थागत रुपमा अगाडि बढाई रहेका छन् । गाउँमा रहेका कृषकहरुको समुह बनाइ तराकारी खेतीसँगै बजारीकरण र सरकार बाट पाउने सेवा सुबिधा लिन सक्रिय भएका छन् ।

सुरुमा आफुलाई मात्र खानका लागि तरकारी लगाउने गरका थियौ, अहिले स्थानिय सरकार तथा गैरसरकारी संस्थाको सहयोगले व्यवसायी तरकारी खेती गर्ने गरेको नन्दकलाले बताएकी छन् । पछिल्लो समय गाउँमा धेरैले तरकारी खेती गरिरहेका छन् । पदम र नन्दकला जस्तै बाजुराका धेरै किसानहरु व्यवसायी तरकारी खेती गरिरहेका छन् ।

बाजुरामा सबैभन्दा बढी आलु उत्पादन हुने गर्दछ । बाजुरामा बार्षिक २२ हजार १ सय ६० मेट्रिन भन्दा बढी आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका तथ्याङमा उल्लेख छ । आलु मात्र २ हजार ५५ हेक्टरमा लगाउने गरेका छन् । त्यस्तै हिउँदे तरकारी ५ सय ५४ हेक्टरमा लगाउने गरिन्छ । हिउँदे तरकारी बार्षिक ४ हजार ५ सय १५ मेट्रिटन उत्पादन हुने गर्दछ । बर्षे तरकारी ४ सय ५० हेक्टरमा लगाउने गर्छन्, जसमा ४ हजार ९ सय ३७ मेट्रिटन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुराका किसानलाइ तरकारी खेतिमा आकर्षित गर्न स्थानिय सरकार तथा गैरसरकारी संस्थाले सहयोग गरिरहेका छन् । गिफ्‌ट नेपाल नामक गैरसकारी संस्थाका कार्यक्रम प्रबन्धक कृष्ण अधिकारीका अनुसार बाजुरामा धेरै किसानहरु व्यवसायिक बनिरहेको बताएका छन् । गिफ्‌ट नेपालले बाजुराका दुइवटा पालिकामा कृषिका क्षेत्रमा काम गरिरहेको छ ।
कृषि खाद्य प्रणालीको लागि नविकरणीय उर्जा रीराज र यूएनडीपीको आर्थिक सहयोग र गिफ्‌ट नेपालद्धारा “गोठेमल व्यवस्थापन र माटोको उर्वरतामा सुधार कार्यक्रम” मार्फत बिभिन्न कृषि गतिविधि सञ्चालन भइरहेका कृष्ण अधिकारीले बताएका छन् ।

त्रिवेणी र बुढीगंगा नगरपालिकामा कृषि समुह गठन गरेर परियोजनाले सहयोग गरिरहेको छ । समुह मार्फत गोठेमल सुधार तथा तरकारी खेतिमा सहयोग गरिरहेको छ । परियोजनाको सहयोगबाट किसानहरुलाई ठूलो सहयोग भएको बुढीगंगा नगरपालिका नगर प्रमुख राम बहादुर बाँनियाले बताएका छन् । तरकारी खेतीबाट स्थानियलाइ दैनिक जिवनयापन तथा छोरा छोरी पठनपाठनमा ठुलो सहयोग पुगिरहेको छ । बाजुराका स्थानिय बजारमा बाजुरा किसानले फलाएका तरकारी प्रयाप्त मात्रामा पाइने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार