शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • राजनीति
  • अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी

अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी

  • शुक्रबार, जेष्ठ ३१, २०८२
अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन्। बिहीबार विद्युतीय मेसिनबाट सम्पन्न भएको मतदानमा कडरिया मात्र ७ मतान्तरले अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

कडरियाले ७३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७२४ मत ल्याएका छन्।खुला उपाध्यक्षमा विकास श्रेष्ठ र महिलातर्फ अञ्जना सिवाकोटी निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा दीपक धामी ७ सय ८५ मतका साथ निर्वाचित भएका छन्।

चारजना सचिवतर्फ आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपाल निर्वाचित भएका छन्। केन्द्रीय आयोगतर्फ निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भएका छन्।

त्यसैगरी लेखा अयोग अध्यक्षमा अञ्जली लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत निर्वाचित हुँदा अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारीले बाजी मारेका छन्।

नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट विजयी हुँदा उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे निर्वाचित भए। कीर्तिपुरमा जेठ २५ गतेदेखि सुरु भएको महाधिवेशनको मतदान बिहीबार सम्पन्न भएको हो।

चर्चामा

सम्बन्धित समाचार