शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाजुराको काँडामा जीप दुर्घटना, ६ जना घाइते

बाजुराको काँडामा जीप दुर्घटना, ६ जना घाइते

  • बिहिबार, जेष्ठ ३०, २०८२
बाजुराको काँडामा जीप दुर्घटना, ६ जना घाइते

बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिका १ काँडामा जीप दुर्घटना भएको छ । बिहीवार बिहान ६ बजेतिर काँडाबाट अछामको साँफेबगर जादैँ गरेको जीप दुर्घटना भएको हो ।

 खप्तड छेडेदह १ गोठपाडा बस्ने अन्दाजी ३४ बर्षका लक्ष्मण रोकायाले चलाएको सुप.प्र.०१–००१च४१९० नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

काँडाको चौकानाभित्र सडकखण्डमा जीप रोकेर ओत लगाउने क्रममा जीप एक्कासी अगाडि बढ्दा जीप सडकबाट करिब ५० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते हुनेमा खप्तड छेडेदह १ काँडा बस्ने अन्दाजी ८० बर्षकी तुरु सुनार, ४५ बर्षकी पार्वती विक, ६० बर्षकी तिल्दी सुनार, सान्ति विक, ७० बर्षका श्यामलाल विक र बडीमालिका नगरपालिका ९ बस्ने अन्दाजी २९ की बिन्दु विक छन् ।

घाइते सबैको अहिले अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते भएका एक।दुई जना बाहेक सबैको अवस्था सामान्य छ । जीप चालक रोकायालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार