शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाम्का बजारका अग्नीपीडितलाई खप्तड छेडेदहको एक लाख सहयोग

बाम्का बजारका अग्नीपीडितलाई खप्तड छेडेदहको एक लाख सहयोग

  • मङ्लबार, जेष्ठ २८, २०८२
बाम्का बजारका अग्नीपीडितलाई खप्तड छेडेदहको एक लाख सहयोग

बाजुरा— बाजुराको बाम्का बजारका अग्नीपीडितहरुलाई खप्तड छेडेदह गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको छ । गाउँपालिकाले मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै आगलागीबाट पीडितहरुलाई एक लाख सहयोग गरेको जनाएको हो ।

गत शुक्रवार दिउँसो भीषण आगलागीबाट बाम्का बजारमा भएको क्षतिप्रति गाउँपालिकाले दुःख व्यक्त गर्दै राहत स्वरुप आर्थिक सहयोग गरेको जानकारी दिएको छ ।

सोमवार खप्तड छेडेदह गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले आर्थिक सहयोग गर्ने निर्णय गरी उक्त रकम हस्तान्तरण भइसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द बहादर रावतले बताए । त्यस्तै पीडितहरुका राहत तथा पुनःस्थापनासँगै आवश्यक सहयोग तथा समन्वयका लागि गाउँपालिका प्रतिवद्ध रहेको उनले बताए ।

त्यसैगरी, प्रेस विज्ञप्तिमार्फत गाउँपालिकाले आगलागीबाट पीडितहरुलाई राहत र पुनःस्थापनाका लागि तीन वटै तहका सरकारसँग अनुरोध गरेको छ ।

यहीँ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन केहीमा आंशिक रुपमा क्षति भएको छ । त्यस्तै उक्त आगलागीबाट करिब २० करोडको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।

हाल आगलागीबाट पीडितहरुलाई सुरक्षित ठाउँमा अस्थायी टहरा निर्माण गरेर त्याँहा बसाइएको छ भने क्षतिको विवरण संकलनसँगै राहत संकलन कार्य भइरहेको छ । राहत संकलन तथा वितरण कार्यलाई एकद्धार प्रणालीमार्फत गर्न बुढीगंगा नगरपालिकाका नगर प्रमख राम बहादुर बानियाँको संयोजकत्वमा समिति समेत गठन भएको छ ।
May be an illustration of blueprint and text

चर्चामा

सम्बन्धित समाचार