शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बाम्काका आगलागी पिडीतलाई तोलीदेवलका शिक्षकले एक दिनको तलव दिने

बाम्काका आगलागी पिडीतलाई तोलीदेवलका शिक्षकले एक दिनको तलव दिने

  • सोमवार, जेष्ठ २७, २०८२
बाम्काका आगलागी पिडीतलाई तोलीदेवलका शिक्षकले एक दिनको तलव दिने

बाजुरा— बुढीगंगा नगरपालिका वडा न ६ मा रहेको बाम्का बजारमा भएको आगलागीबाट पीडित भएका परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि त्रिबेणी नगरपालिकामा रहेको तोलीदेवल माबिका शिक्षकहरुले एक दिनको तलव सुबिधा आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेका छन ।

बिध्यालयमा आज बैठक बसी बिध्यालयका सबै शिक्षक कर्मचारीहरुको एक दिनको तलव दिने निर्णय गरेका हुन । तोलीदेवल माबिको स्टाप बैठकले पीडितलाई रु २६ हजार ७ सय ४४ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बिध्यालयले जनाएको छ । आगलागीबाट क्षति बेहोरेका स्थानिय व्यापारीहरुलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले सहयोग स्वरुप सो रकम दिने शिक्षकहरुले बताएका छन ।

त्यस्तै आगलागीबाट पीडितहरुको राहत तथा पुनःस्थापना अभियानमा लाग्न गरेका छन । बाम्का बजारमा भएको आगलागीबाट स्थानीयको घर, पसल तथा सामग्रीमा ठूलो क्षति भएको छ ।

May be an image of text that says 'आगलागीका पीडितहरुका लागि एकदिन तोली देवलडाँडा मावि, बाजुूराको स्टाफ बैठकको निर्णयानुसार २०८२ जेठ २३ गते बुढीगड्गा-६ स्थित बाम्का बजारमा भएको भीषण आगलागीका पीडितहरुका लागि एक दिन समर्पण गरेका छों सबै शिक्षक सक/कमर्चारीहरूको एक दिनको तलव रकम २६७४४/- (अक्षेरेपी छब्विस हजार सातसय चवालिस रूपैयाँ मात्र) योगदान गर्ने निर्णय गरेका छों I उत्त रकम सहयोग कोषको खाता खुल्नासाथ बैडकमा जम्मा गरिनेछ। यस विपतको अवस्थालाई सुधा्ने कार्यमा सक्दो योगदान गर्न तोली मावि स्टाफ परिवार सबैलाई आहान गर्दछ।'

चर्चामा

सम्बन्धित समाचार