शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाम्का बजारका आगलागी पीडितलाई बुढीनन्दाको एक लाख सहयोग

बाम्का बजारका आगलागी पीडितलाई बुढीनन्दाको एक लाख सहयोग

  • आइतवार, जेष्ठ २६, २०८२
बाम्का बजारका आगलागी पीडितलाई बुढीनन्दाको एक लाख सहयोग

बाजुरा– बाजुराको बाम्का बजारका आगलागी पीडितलाई बुढीनन्दा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । शनिवार नगर प्रमुख जनक बोहराले आगलागी स्थलमै पुगेर पालिकाको तर्फबाट एक लाख सहयोग गरेका हुन् ।

उक्त रकम बुढीगंगाका नगर प्रमुख एवम् राहत संकलन तथा वितरण व्यवस्थापन समितिका संयोजक रामबहादुर बानियाँलाई हस्तान्तरण गरेका छन् । नगर प्रमुख बोहराले आगलागीबाट पीडित भएकाहरुलाई तत्काल राहत स्वरुप आर्थिक सहयोग गरेको बताए ।

शुक्रवार दिउँसो बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हँदा करिब २० वटा पसलहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन् । त्यस्तै शनिवारदेखि घटनाको एकिन विवरण संकलन कार्यक् भइरहेको छ भने आगलागीबाट कम्तिमा २० करोडको क्षति भएको अनुमान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार