शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाम्का बजारका पीडितलाई ४० लाख सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय

बाम्का बजारका पीडितलाई ४० लाख सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय

  • आइतवार, जेष्ठ २६, २०८२
बाम्का बजारका पीडितलाई ४० लाख सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बाम्का बजारका आगलागी पीडितलाई ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आईतवार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले राहत स्वरुप तत्काल ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्रदेश सरकारले आगलागीबाट पीडितहरुलाई आर्थिक सहयोगसँगै जिन्सी १५ वटा ठूलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले मानविय सहायता स्वरुप तत्काललाई प्रदेश सरकारले सम्बन्धित पालिकालाई सो रकम उपलब्ध गराउने बताएका छन् । उनले पालिकाले मापदण्ड तयार गरेर आगलागी पीडितलाई रकम उपलब्ध गराउने निर्णय गरेको बताए ।

शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हँदा करिब २० वटा पसलहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन् । त्यस्तै शनिवारदेखि घटनाको एकिन विवरण संकलन कार्य भइरहेको छ भने आगलागीबाट कम्तिमा २० करोडको क्षति भएको अनुमान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार