शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बाम्का बजार आगलागीः राहत संकलन तथा वितरण एकद्धार बनाउन समिति गठन

बाम्का बजार आगलागीः राहत संकलन तथा वितरण एकद्धार बनाउन समिति गठन

  • शनिबार, जेष्ठ २५, २०८२
बाम्का बजार आगलागीः राहत संकलन तथा वितरण एकद्धार बनाउन समिति गठन

बाजुरा– बाजुराको मुख्य व्यापारिक केन्द्र बाम्का बजारमा भएको आगलागी पीडितहरुका लागि राहत संकलन तथा वितरण एकद्धार बनाउन समिति गठन गरिएको छ । जुनसुकै व्यक्ति वा संस्थाबाट प्राप्त हुने राहतमा एकद्धार प्रणालीमार्फत वितरण गर्न समिति गठन भएको हो ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँको संयोजकत्वमा वडा अध्यक्ष सहित ११ सदस्यीय समिति गठन गरिएको जनाएको छ । राहत वितरणको नाममा हुन सक्ने बेइमानी रोक्न तथा राहत वितरणलाई एकद्धार बनाउन समिति गठन भएको जनाइएको छ ।
उक्त समितिले आगलागी पीडितहरुको लागि कुनै पनि नाममा आउने राहतलाई एकद्धार प्रणालीबाट संकलन गरेर वितरण गर्न भएको छ ।
बाम्का बजारमा शुक्रवार दिउँसो करिब साढे ३ बजे नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी भएको थियो । उक्त आगो करिब ३ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
उक्त आगलागीबाट करिव ३५ वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने   करोडाैँकाे क्षति भएको छ । आजबाट क्षतिको एकिन विवरण संकलन गर्ने कार्य भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार