शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बुढीगंगा
  • साँफे-मार्तडी सडकखण्डकाे अमकाेटमा जीप दुर्घटना

साँफे-मार्तडी सडकखण्डकाे अमकाेटमा जीप दुर्घटना

  • शनिबार, जेष्ठ २५, २०८२
साँफे-मार्तडी सडकखण्डकाे अमकाेटमा जीप दुर्घटना

बाजुरा– साँफे- मार्तडी सडकखण्ड अन्तर्गत बाजुराको बुढीगंगा नगरपालिका १ अमकाेटमा जीप दुर्घटना भएको छ । शनिबार दिउँसो खाद्यान्न बाेकेर डाब बजारबाट मार्तडी आउँदै गरेको जीप दुर्घटना भएको हाे ।
जिल्ला प्रहरी कार्यालयका अनुसार साेही ठाउँका फागुन सिंहले चलाएको से १ च १८९२ नम्बरकाे जीप ब्रेक नलाग्दा एक्कासी सडकमै पल्टिएको हो ।
उक्त दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन् । बीच सडकमै जीप पल्टिएकोले अहिले सडक अवरोध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अवरोध सडकखण्ड खुलाउने प्रयास भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार