शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • मुक्त हलियाका बालबालिकालाई छात्रवृत्ति सामग्री वितरण

मुक्त हलियाका बालबालिकालाई छात्रवृत्ति सामग्री वितरण

  • शुक्रबार, जेष्ठ २४, २०८२
मुक्त हलियाका बालबालिकालाई छात्रवृत्ति सामग्री वितरण

बाजुरा– एक्नेसन एड नेपालको आर्थिक सहयोग र राष्ट्रिय मुक्त हलिया समाज महासंघको साझेदारीमा बाजुराको जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाका ५१ जना मुक्त हलिया समुदायका बालबालिकालाई छात्रवृत्तिका सामग्री वितरण गरिएको छ।
सो कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक सामग्री स्वरूप प्रति बालबालकालाई ८ थान कापी, ६ थान डटपेन, १ थान झोला, १ थान औजार बक्स, १ थान सटपिस, १ थान बिध्यालय पाेशाक, र १ जोर जुत्ता प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्त हलिया समाज महासंघका प्रतिनिधिहरूले मुक्त हलिया समुदायका बालबालिकाहरूको शिक्षामा पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए। “शिक्षा नै समावेशी विकासको आधार हो,” कार्यक्रममा सहभागी एक अभिभावकले भने, “यस्ता सहयोगले हाम्रो बाँच्नेलाई मात्र होइन, भविष्य बनाउने बाटो पनि खुल्छ।” हलिया समुदायका एक अगुवाले बताए ।
छात्रवृत्तिका सामग्री वितरण कार्यक्रम दुबै गाउँपालिकाको समन्वयमा सम्पन्न गरिएको डवल विकले बताएका छन। कार्यक्रमको उद्देश्य शिक्षामा पहुँचबाट पछाडि पारिएका मुक्त हलिया समुदायका बालबालिकाहरूलाई सहयोग पुर्‍याउने र उनीहरूको विद्यालयमा उपस्थिति बढाउने रहेको आयोजक संस्थाले जनाएकाे छ।

चर्चामा

सम्बन्धित समाचार