
बाजुरा २१ जेठ – बालबालिकाको अधिकार संरक्षण तथा प्रवद्र्धनमा स्थानीय तहको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यले बडीमालिका नगरपालिकामा स्थानीय बाल अधिकार समितिको सुदृढीकरण र भूमिका सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपाल र पीसविन नेपालको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का उपप्रमुख नन्दा कुमारी थापा प्रमुख प्रशासकीय अधिकृत्त पदम माझी २ नम्वर वडा का वडाध्यक्ष डम्मर महत्त शिक्षा शाखा प्रमुख रंगमल विक महिला बालबालिका तथा जेष्ठ नागरिस सेवा शाखा केशरी रोकायानेपाल पत्रकार महासघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह अधिबक्ता गगन रावल, हर्क खडायत बाल क्लब प्रतिनिधि लगाए सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
बडिमालिका नगरपालिकाको सभा हलमा संचालन भएको कर्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख नन्दा कुमारी थापाले गरेको थियो भने प्रमुख अतिथि नगर प्रमुख अमर अड्काले गरेको थियो ।
नगर प्रमुख अमर खड्काले बाल अधिकारको प्रभावकारी कार्यान्वयनमा स्थानीय सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । बाल अधिकार समिति स्थानीय तहमा बालबालिकाको सुरक्षाका लागि मेरुदण्ड हो । बडीमालिका नगरपालिकाले बालबालिकाको सशक्तीकरण्का कामलाई प्रथामिकतामा राखेर बजेट विनियोजन गर्दै आएको र आगामी बजेटमा पनि बिशेष महत्वका साथ लिने प्रतिबद्धता समेत जनाएको छ । साथै बाल अधिकार को विषयमा स्थानीयत कानून पालिकाले बनाई रहेको र कार्यन्वयनको लागि जिल्ला स्थित संघ सस्था सरोकोकार वालाहरुको सहयोग रहने विश्वर ब्यक्त गरेको छन् ।
नगर उपप्रमुख नन्दा कुमारी थापाले बाल अधिकार समितिहरूलाई संस्थागत बनाउँदै क्षमता अभिवृद्धि, स्रोत परिचालन र अनुगमन प्रणालीलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै सबै सरोकारवाला निकायहरूलाई समन्वयमा काम गर्न आग्रह गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले बालविवाह, बालश्रम, घरेलु हिंसा, विद्यालय बाहिरको बालबालिका, मानसिक स्वास्थ्य र लैङ्गिक विभेद जस्ता चुनौतीहरूको पहिचान गर्दै समाधानमा समिति सशक्त रूपमा अग्रसर हुनु पर्ने धारणा राखेका थिए ।
प्लान इन्टरनेशनल नेपाल र पीसविन नेपालका प्रतिनिधिहरूले स्थानीय बाल अधिकार समितिको कानुनी संरचना, कार्यक्षेत्र, चुनौती र सुदृढीकरणका उपायहरूबारे प्लान इन्ट्रनेसनल नेपालका महेश नेपालीले गरेका थिए । उनीहरूले बालमैत्री योजना निर्माण, बजेट विनियोजन, बाल क्लबसँगको समन्वय र अनुगमन प्रणाली विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी अधिबक्ता, पालिकाका विषयत शाखाका प्रमुख प्रतिनिधी, बाल क्लबका प्रतिनिधि, महिला तथा बालबालिका सम्बन्धी शाखाका प्रतिनिधि पत्रकारले व्यवहारिक, सक्रिय र उत्तरदायी बनाउने विषयमा विभिन्न सुझाव दिएका थिए ।
कार्यक्रमको समापन सत्रमा सहजीकरण गर्दै पीसविन नेपालका पदम कठायतले सबै सरोकारवालाबीच सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताए ।स्थानीय बाल अधिकार समिति सुदृढ हुन सके मात्र बालबालिकाको अधिकार व्यवहारमै सुनिश्चित हुन्छ।”
उक्त छलफल कार्यक्रमले बडीमालिका नगरपालिकाभित्र क्रियाशील बाल अधिकार समितिहरूको मूल्यांकन, सुधार र दीगो संरचना निर्माणमा सकारात्मक दिशा दिने अपेक्षा गरिएको छ।
