शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • हिंसा पीडित महिला संरक्षणका लागि सुरक्षित आवास गृह व्यवस्थापन सम्बन्धी बैठक सम्पन्न

हिंसा पीडित महिला संरक्षणका लागि सुरक्षित आवास गृह व्यवस्थापन सम्बन्धी बैठक सम्पन्न

  • आइतवार, जेष्ठ १९, २०८२
हिंसा पीडित महिला संरक्षणका लागि सुरक्षित आवास गृह व्यवस्थापन सम्बन्धी बैठक सम्पन्न

बाजुरा १८ जेठ– लैङ्गिक हिंसा तथा घरेलु हिंसा पीडित महिलाहरूको संरक्षण तथा पुन स्थापनाका लागि सुरक्षित आवास गृहको प्रभावकारी व्यवस्थापन सम्बन्धी बैठक मार्तडीमा सम्पन्न भएको छ । आज जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेको संयोजनमा बसेको बैठकमा सुरक्षित महिला आवास गृह सेवा केन्द्र संचालन गर्न गठीन समिति र जिल्ला स्थित सरोकारवालाहरु बैठकमा उस्थिति रहेका थियो ।
उक्त बैठममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाय, सदस्य हिक्मत थापा सुरक्षित आवास गृहका सहयोगी साथी सस्थाका प्रतिनिधीहरुलाई आमन्त्रीत गरिएको थियो । सरोकारवाला निकाय, अधिकारकर्मी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
बैठकमा घरेलु तथा लैङ्गिक हिंसाका घटनाहरू दिन प्रति दिन बढ्दै गइरहेका सन्दर्भमा पीडित महिलाहरूको तत्काल सुरक्षा, स्वास्थ्य सेवा, मनोपरामर्श, कानुनी सहायता तथा पुनस्थापनाको लागि सुरक्षित आवास गृहहरूको क्षमता अभिवृद्धि गर्नु अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ ।
बैठकमा सहभागी सरोकारवालाहरुले “लैङ्गिक हिंसाको अन्त्यका लागि कानुनी प्रबन्ध मात्र पर्याप्त छैन, पीडित महिलाहरूलाई तत्काल सुरक्षित बास, परामर्श तथा पुन स्थापनाको व्यवस्था आवश्यक छ । सुरक्षित आवास गृहहरू पीडितको जीवन पुनर्निर्माण गर्ने आधार हुने बताए ।
बाजुरा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहहरूको अवस्थाको समीक्षा, उपलब्ध सेवा सुविधाहरू, स्रोत व्यवस्थापन, र संस्थागत समन्वयका चुनौतीहरूबारे छलफल गरिएको थियो । विशेषगरी ग्रामीण तथा पिछडिएको क्षेत्रमा सुरक्षित आवास गृहको पहुँच दुर्गम तिर नपुगेको सहभागीहरुको निष्र्कष रहेको थियो ।
सहभागी सरोकारवाला तथा सहयोगी सस्थाहरुले आफ्नो अनुभव साझा गर्दै आवास गृहहरूको दिगो व्यवस्थापनका लागि बजेट विनियोजन, जनशक्ति तालिम, र अन्तर संस्थागत समन्वयलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।
बैठकले घरेलु हिंसा अन्त्यका लागि सरकार, नागरिक समाज र समुदाय सबैको साझेदारी आवश्यक रहेको र सुरक्षित आवास गृह यस अभियानका महत्वपूर्ण आधार स्तम्भ हुने निष्कर्ष निकालेको छ ।

चर्चामा

सम्बन्धित समाचार