
नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौ महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ । भर्खरै प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९७ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् ।
यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईँ विजयी भएका छन् । उनका प्रतिस्पर्धी ६४९ मत ल्याएका छन् । १ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो । क्षितिजकै नेतृत्वमा सर्वसम्मत गर्न नेताहरूले कसरत गरेको भए पनि सुमनले अस्वीकार गरेर मतदानमार्फत नै नेतृत्व चुनिनुपर्ने अडान लिएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको थियो ।
महाधिवेशनमा पदाधिकारी र सदस्यमासमेत गरेर ३ सय ९९ जनाको उम्मेदवारी परेको थियो । पदाधिकारी ९ जनासहित १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १ सय ६३ पदमा निर्वाचित हुने छन् ।
कुन प्रदेशमा कति ?
१.सुदुरपश्चिम प्रदेश
सुमन पुरी ६४
क्षितिज थेवे ५२
२. कर्णाली प्रदेश
सुमन पुरी ५४
क्षितिज थेवे ५१
३. गण्डकी प्रदेश
सुमन पुरी ३९
क्षितिज थेवे ८४
४. विशेष प्रदेश
सुमन पुरी ३५
क्षितिज थेवे ३४
५. लुम्बिनी प्रदेश
सुमन पुरी ७९
क्षितिज थेवे ५२
६. आयोजक
सुमन पुरी १७६
क्षितिज थेवे २३४
७. कोशी प्रदेश
सुमन पुरी ३१
क्षितिज थेवे १५४
८. मधेश प्रदेश
सुमन पुरी ६२
क्षितिज थेवे ३९
९. बागमती प्रदेश
सुमन पुरी ६८
क्षितिज थेवे ९६
जम्मा मत
सुमन पुरी ६०८
क्षितिज थेवे ७९६
