
बाजुरा– बाजुराको जगन्नाथ गाउपालिका २ काडाकोटमा भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु र २ जना घाईते भएका छन । मृत्यु हुनेमा नेपाल टेलीकम दुरसंचार प्राधिकरणका प्रमुख कैलाली धनगढी उपमहानगर पालिका ५ तारानगर बस्ने ४८ बर्षका लोक बहादुर खड्का, चालक कञचनपुर कृष्णपुर नगरपालिका २ वाणी बस्ने ५७ बर्षका करन सि महतरा र बाजुरा बडीमालिका ७ ढम्कने बस्ने ३५ बर्षका रबिन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सोही दुर्घटनामा बुढीनन्दा नगरपालिका वडा २ का अन्दाजी बर्ष २५ का नन्द बहादुर तिरुवा र सोही वडाका अन्दाजी बर्ष २२ का लोकेन्द्र तिरुवा रहेका छन । घाईतेको उद्धार गरी जगन्नाथ गाउपालिकाले कोल्टी आधारभुत अस्पताल पठाएको छ ।
बा ५ च २२०९ नम्मरको गाडीमा सवार नेपाल दुरसंचार कार्यालय बाजुराका प्रमुख सहितको टोली जगन्नाथमा रहेको टावरको मर्मतका लागि गएको बेला सडकबाट करिव ८० मिटर तल खसेको प्रहरीले जनाएको छ । सो घटनाको थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।
