बाजुरा–बाजुराको सदरमुकाम नजिकैको मार्तडी घट्मुना सडक खण्ड अन्तर्गत बडिमालिका नगरपालिकाको ठुलीसाँघुमा पुल निर्माण कार्य अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । पुल निर्माणको सम्झौता सकिन एक महिना बाँकी रहँदा गत माघमा काम सुरु गरेपनि अहिले ठेकदार सम्र्पकविहीन भएको प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याले वताएका छन् ।
उक्त खोलामा रहेको फलाम सहितको काठेपुल समेत भत्काएर ठेकेदारले पक्की पुल निर्माण कार्य सुरु गरेपनि अहिले काम अस्तव्यस्त भएको छ । भएको काठेपुल भत्काएर पुल निर्माण अलपत्र पारेपछि बर्षात शुरु सँगै आवतजावतमा सकस हुने भएको छ ।
महाकाली पुल योजना महेन्द्रनगरले ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७७ फागुन १० गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८१ फागुन ९ गते निर्माण सम्पन्न गर्ने रहेको थियो । तर तिन बर्ष समय सक्दा पनि थोरै काम बाहेक केही काम हुन सकेको छैन् ।
उक्त खोलामा पक्की पुल निर्माण गर्न १६ करोड २१ लाखमा बिकोई बिल्डर्स प्रा.लि.टंगाल काठमाण्डौंले ठेक्का सम्झौता गरेको थियो । उक्त खोलामा ३० मिटर लम्बाई र ११ मिटर चौडाइको उक्त पक्की पुल निर्माण हुने बताइएको छ ।
पुल निर्माण कार्य सुरु गर्न महाकाली पुल योजना महेन्द्रनगरले पटकपटक पत्राचार गरेपछि ठेकेदार सम्पर्कमा आएका थिए । तर एक महिना पनि काम नगरेर अहिले फेरी ठेकेदार सम्पर्कविहीन बनेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण अहिलेसम्म पनि उक्त खोलामा पुल निर्माण हुने कुनै सुरसार समेत देखिदैन । बर्खायाममा खोलामा आवतजावतका लागि निर्माण गरिएको काठेपुल समेत भत्काएर अहिले निर्माण कार्य अलपत्र पारेको स्थानीयहरुले बताएका छन् ।
काठेपुल भत्काएपछि अब फेरी बर्खायाम नजिकिएसँगै खोलामा आवतजावत गर्न नसकिने भन्दै तत्काल काठेपुल निर्माण गर्न माग गरेका छन् । उक्त खोलामा पुल नहुँदा वर्षेनी वर्षातको समयमा गौमुल, बडीमालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकहरुले सास्ती खेप्दै आईरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याले खोलामा काठेपुल निर्माण गर्न सम्बन्धित पालिका, ठेकेदार र पुल निर्माण गर्ने कार्यलयलाई पत्रचार गरेको वताएका छन् । एकातिर काम अलपत्र पारेको छ, अर्को तिर भएको संरचना पनि भत्काएर स्थानियलाइ समस्या पारेको पाध्याले वताए । बाजुरामा निर्माण कम्पनी तथा सम्बन्धित कार्यलय लार्पवाहिले धेरै आयोजना अलपत्र अबस्थामा रहेको छन् ।