शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बजार
  • सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

  • आइतवार, जेष्ठ १२, २०८२
सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

काठमाडौँ— साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार