शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

  • आइतवार, जेष्ठ १२, २०८२
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । यसअघि हिजो केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक बसेकोमा आज भौतिक उपस्थितिमै बैठक बस्न लागेको हो ।

दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी गतिविधि र पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतद्वारा आदेश सदर गरेपछिको परिस्थितिबारे छलफल हुने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार