
बाजुरा—रिटर्नी फेडेरेशन नेपाल जिल्ला कमिटी बाजुराको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले ईन्द्र बहादुर धामीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
रिटर्नी फेडेरेशन नेपालकाे जिल्ला अधिवेशन उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईञ्चार्ज लाल बहादुर थापाले विदेशमा आर्जन गरेका सीप, ज्ञान, पुँजी र अनुभवलाई स्वदेशमा उपयोग गरी उद्यमशीलता, आत्मनिर्भरता बन्न अनुरोध गर्दै पार्टी नेतृत्व सधै साथमा रहने बताए ।
महेश कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज लालबहादुर थापा थिए भने जिल्ला कमिटी सदस्य बिमला बुमि, दिल थापा भोटे, झलक कार्की, बुढिनन्दा नगर कमिटी अध्यक्ष हेम रोकाया अतिथी रहेका थिए ।
नेकपा एमाले जिल्ला कमिटी बाजुराको पार्टी कार्यालयमा सञ्चालन भएको अधिवेशनको सञ्चालन संगठनका सचिव सुशील रोकायाले गरेका हुन् ।
रिटर्नी फेडेरेशन नेपाल नेकपा (एमाले) को जनवर्गीय संगठन हो, जसले वैदेशिक रोजगारी, अध्ययन वा व्यवसायपछि नेपाल फर्किएका नेपालीहरूलाई संगठित गर्ने उद्देश्य राखेको छ। यस संगठनले विदेशमा आर्जन गरेका सीप, ज्ञान, पूँजी र अनुभवलाई स्वदेशमा उपयोग गरी उद्यमशीलता, आत्मनिर्भरता र समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउने लक्ष लिएको छ।
