काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) केवल एउटा प्रतियोगिता मात्र नभई व्यापारिक मोडेल पनि हो। आईपीएलमा टोली मालिकसँगै खेलाडीहरूले पनि करोडौं रुपैयाँ कमाउँछन्।
चियरलीडर र अम्पायरहरूले पनि धेरै पैसा पाउँछन्। टोलीका खेलाडीहरूको लिलामी गरिने भएकाले उनीहरूले पाउने रकम सबैलाई थाहा हुन्छ। तर चियरलीडर र अम्पायरले एक खेलको लागि कति पैसा पाउँछन् भन्ने थाहा हुँदैन।
चियरलीडरहरूको तलब
आईपीएल खेलहरूमा चौका र छक्का प्रहार गरिन्छ वा कुनै टोलीले विकेट गुमाउँछ चियरलीडरहरू आ–आफ्नो टोलीलाई समर्थन गरिरहेको देखिन्छ। सबै टोलीका चियरलिडरहरूको तलब फरक–फरक हुन्छ। सबै फ्रान्चाइजीहरूले आफ्नो सुविधा अनुसार तलब निर्धारण गर्छन्। चियरलीडरहरूले एक आईपीएल सिजनबाट २ देखि ४ लाख रुपैयाँ कमाउन सक्छन्।
आईपीएलमा एउटा टोलीले आफ्ना चियरलीडरलाई एक खेलको लागि करिब १४ हजार रुपैयाँ दिन्छ। केही टोलीले २४ हजार रुपैयाँसम्म पनि दिन्छन्। यसरी, चियरलीडरले टोली अनुसार फरक–फरक रकम पाउँछन्।
अम्पायरले कति पाउँछन् पैसा ?
अम्पायरको काम खेललाई राम्रोसँग सञ्चालन गर्नु हो र उनीहरूले खेलमा निर्णायक भूमिका खेल्छन्। चियरलिडरहरूको तुलनामा अम्पायरहरूको काम धेरै हुन्छ र त्यसैले उनीहरूको तलब पनि बढी हुन्छ। आईपीएल २०१९ का सबैभन्दा प्रख्यात अम्पायर जवागल श्रीनाथले ५२.४५ लाख रुपैयाँ प्राप्त गरेका थिए। मनु नायरले आईपीएलमा अम्पायरिङ गरेबापत ४१.९६ लाख रुपैयाँ पहिले नै पाइसकेका छन्। आईपीएल खेलमा पहिलो अम्पायरको निर्णय परिवर्तन गर्न समीक्षा पनि लिन सकिन्छ, जसलाई डीआरएस भनिन्छ। तेस्रो अम्पायरले फिल्ड अम्पायरको निर्णय सुनाउँछन्।