• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा ३ महिनादेखि सहायक सिडियो विहिन, सेवाग्राहीलाई सास्ती

बाजुरामा ३ महिनादेखि सहायक सिडियो विहिन, सेवाग्राहीलाई सास्ती

  • बुधबार, जेष्ठ ८, २०८२
बाजुरामा ३ महिनादेखि सहायक सिडियो विहिन, सेवाग्राहीलाई सास्ती

बाजुरा —जिल्ला प्रशास कार्यालय बाजुरा तीन महिनादेखि सहायक प्रमुख जिल्ला अधिकारी विहिन बनेको छ । जिल्ला प्रशासनमा २ जना शाखा अधिकृतको दरबन्दी भएपनि तीन महिनादेखि सहायक सिडियो बिहिन बनेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा सबै काम प्रमुख जिल्ला अधिकारी गर्नुपर्ने बाध्यता रहदै आएको छ । गत फागुन महिनाको दोस्रो साता सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष रायको सरुवा भएको थियो । उनको सरुवा भएको करिब तीन महिना बितिसक्दा पनि हालसम्म सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राहीहरुले सास्ती भोग्नु परेको छ ।

जिल्ला प्रशासन कार्यलय बाजुरामा २ जना शाखा अधिकृतको दरबन्दी रहेको छ । दरबन्दी दुई जनाको भएपनि विगतमा एक जना शाखा अधिकृत आउने गरेको थियो । तर मन्त्रालयले ३ महिना देखि भने एक जना शाखा अधिकृत अर्थात सहायक प्रमुख जिल्ला अधिकारी पठाएको छैन् ।

जिल्ला प्रशासन कर्यालयमा नागरिकता, राष्ट्रिय परिचयपत्र बनाउने लगायतका कामले दैनिक एक सय बढी सेवाग्राही आउने गरेका छन् । प्रशासन कार्यालयमा दैनिक सेवाग्राहीहरुको भीड लाग्ने गरेपनि अहिले प्रशासनका सबै कामकाज सिडियोले जेनतेन गरिहेका छन् । सेवा लिन निकै लाइन बस्नुपर्ने बाध्यता रहदै आएको छ ।

तीन महिनादेखि सहायक सिडियो नहुँदा सिडियो कतै बाहिर काममा जादा सेवाग्राहीहरुले घण्टौंसम्म पर्खनुपर्ने बाध्यता रहेको गुनासो गर्न थालेका छन् । नागरिकतामा सहि देखि जिल्लाको शान्ति सुरक्षा सबै जिम्मा एकजनाको भारपर्दा समस्या भइरहेको छ । नागरिकता बनाउन पुगेका एक सेवाग्राहीले भने, “प्रमुख जिल्ला अधिकारी कार्यालयमै भएपनि दैनिक सेवाग्राहीको भीडले कामको चाप हुन्छ भने कतै बाहिर कार्यक्रममा गएपछि सेवाग्राहीहरुले दिनभर कुर्नपर्ने बाध्यता रहेको छ, यसले गर्दा हामीलाई सास्ती भइरहेको छ ।”

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले सहायक सिडियो पठाउनका लागि पटकपटक मन्त्रालयमा कुरा गरी रहेको भन्दै अब लगत्तै आउने वताएका छन् । उनले भने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै शनिवार बाहेक बिहान र बेलुकासम्मै सेवा प्रवाह गरिहेको वताए । सहायक सिडियो नहुँदा समस्या भने भइरहेको बताए ।

जिल्ला प्रशासन कार्यलयमा शाखा अधिकृत नहुँदा जिल्लाका अन्य तथा ग्रामीण क्षेत्रमा प्रशासनबाट हुन अनुगमन निगरानि समेत प्रभावित भएको छ । सिडियोले सदरमुकाम छोड्दा सेवाग्राहीले दुःख पाउने भएकाले सदरमुकाम अर्थात बिदा समेत प्रमुख जिल्ला अधिकारीले पाएका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार