• होमपेज
  • बुढीगंगा
  • लागुऔषधको दलदलमा फसेका युवा भुवनको फेरिएको जीवन

लागुऔषधको दलदलमा फसेका युवा भुवनको फेरिएको जीवन

  • मङ्लबार, जेष्ठ ७, २०८२
लागुऔषधको दलदलमा फसेका युवा भुवनको फेरिएको जीवन

बाजुरा—बाजुराको बुढीगंगा नगरपालिका ९ सेरालवाडाका ३८ बर्षिया भुवन सेराला कुनै समय आफैँ लागुपदार्थ दुर्व्यसनीको दलदलमा फसेका थिए । ७ महिना सुधार केन्द्रको बसाईपछि सेराला अहिले प्रेरणाको पात्र बन्दै गएका छन् ।

सेराला पूर्वदुर्व्यसनीको दलदलमा रहेका युवा मध्य एक हुन् । उनी १२ वर्षअघि लागु औषध दुर्व्यसनीमा फसेका थिए तर अहिले उनी आफैँ लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्ने अभियानमा सक्रिय बन्ने प्रेरणाको स्रोत बनेका छन्।

अत्तरियाको उग्रतारा सुधार गृहमा गएर उपचार गराएपछि उनी दुर्व्यसनीविरुद्ध सचेतना फैलाउने अभियानकर्मीका रूपमा क्रियाशील बन्ने अठोटका साथ गाउँ फर्किएका छन् । ‘हामीले लागुऔषध प्रयोग गर्दा हाम्रो स्वास्थ्य मात्रै होइन घर नै बिग्रिने रहेछ भन्ने कुरा सुधार गृहमा गएपछि थाहा पाएँ,’ उनले भने, । ‘अब यस्तो कुलतमा फसेर अरुको भविष्य पनि नबिग्रियोस् भन्ने उद्देश्यले आफैँ सचेतना प्रदान गर्ने तर्फ लाग्ने सेरालाले बताए ।’ करिव ७ महिना उग्रतारा सुधार गृहमा उपचार गराएर अहिले उनी गाउँमा सचेतना फैलाउने काममा लाग्ने उदेश्य बोकेको सेराला बताउँछन् ।

उनी १२ बर्ष वर्ष अघिदेखि अत्यधिक जाँडरक्सी खाने कुलतमा फसेका थिए । तर अहिले आफैँ सचेतना अभियानमा सक्रिय रहने बताउँछन् । सात महिनासम्म सुधार गृहमा बसेपछि उनको जीवन पुनःपरिवर्तन भएको महसुश गरेका छन् । चौबिसै घण्टा रक्सी पिउने बानी बसेको थियो’ उनले भने, ‘म नशा छोड्नसक्ने अवस्थामा थिइन, जब म ७ महिना सुधार गृहमा बसेँ त्यसपछि नशाको नाम पनि लिन चाहन्न उनले बताए ।’ पुनःस्थापना केन्द्रले आफूलाई पुनर्जीवन दिएको उनको भनाइ छ ।

सेराला कुलतको दलदलमा लाग्दै जादा पारीवारिक स्थिती कमजोर हुदैँ गयो । उनी घरपरिवार गाउँ समाजबाट तिरस्कृत हुदैँ गए । उनको उपचारमा समस्या भएको बुढीगंगा नगरपालिकाले जानकारी पाएपछि नगरपालिकाको सहयोगमा उनको उपचार सम्भव भयो । पालिकाले नै उनलाई उपचार गर्ने निर्णय सहित बुढीगंगा नगरपालिकाले उनको उपचारमा सहयोग गरेको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले बताए ।

उनको अवस्था निकै नाजुक थियो पहिला धेरै राम्रो काम गर्ने युवा यसरी कुलतमा फसेको देख्दा नगरपालिकाको होनाहार युवाको बेहाल देख्दा उनलाई अत्तरियाको उग्रतारा सुधार गृहमा लगेर उपचार गरियो नगर प्रमुख बानियाले बताए ।त्यसको लागि करिव १ लाख ३० हजार पालिकाले व्यवस्थापन गरेर उपचार गरिएको नगर प्रमुख बानियाले बताए ।

नगर प्रमुख बानियाले भने अव भुवन सेरालालाई पालिकाको तर्फबाट नै व्यवस्थापन गरी अभियानकर्ता बनाउने बताए । “नगर प्रमुख बानियाले भने भुवन यसरी परिर्वन हुन्छन भन्ने सोचेको पनि थिएन तर उनको जीवनमा परिर्वतन भएकोमा खुसी छु ।”

सेरालाको उक्त सुधार केन्द्रमा गएर जीवन बदलेकाहरूले अहिले अरुको जीवन सुधार गर्ने प्रतिबद्धता गर्दै आएका छन् । लागुऔषधको प्रयोग गरेका कारण घर परिवारबाट अपहेलना हुनुका साथै पारीवारिक स्थिती समेत कमजोर बन्दै गएको समेत आफुले बुझ्‌न पाइएन उनले भने । उपचार सकेर दुर्व्यसन मुक्त जीवन केही समय बित्यो, अहिले उनलाई परिवारले पनि माया गर्न थालिसकेको बताउँछन् । श्रीमती २ छोरा र १ छोरी उनको परिवारमा छन् ।

सेराला भन्छन् “छोराछोरीको इच्छा र चाहना के छ, उनीहरुले के गरिरहेका छन्, खाए वा खाएनन् त्यो सबै परिवारले ध्यान दिनुपर्छ ।” दुर्व्यसनमा फसेपछि समाज र परिवार सबैबाट नराम्रो हुने भन्दै उनी त्यो बाटोमा नलाग्न सबैलाई सुझाव दिन थालेका छन् ।

चर्चामा

सम्बन्धित समाचार