• होमपेज
  • समाज
  • बाजुरामा एकीकृत दिवा खाजा कार्यक्रम स्थगित

बाजुरामा एकीकृत दिवा खाजा कार्यक्रम स्थगित

२८ हजार बढी विद्यार्थी प्रभावित

  • सोमवार, जेष्ठ ६, २०८२
बाजुरामा एकीकृत दिवा खाजा कार्यक्रम स्थगित

बाजुरा—बाजुरामा विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपाल सरकारले सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम स्थगित भएको छ । बाजुराका २ सय ५१ सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम अमेरिकी सरकारले स्थगित गरेको हो ।

विश्व खाद्य कार्यक्रमको सहयोग सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रम केही दिनअघि अमेरिकी सरकारले स्थगित गरेको जानकारी आइतवार आएको एक कर्मचारीले बताए । त्यस्तै अन्य कार्यक्रम पनि स्थगित गर्ने पत्रचार भएको एक स्रोतले जनाएको छ ।

बाजुरामा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययन गर्ने २८ हजार बढी विद्यार्थीहरुलाई नियमित दिवा खाजा खुवाइदैँ आएको थियो । त्यो एकाएक बन्द भएपछि २८ हजार बढी विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् । अर्को जानकारी नआउदा सम्मका लागि स्थगित भएको हो ।

बाजुराका ४ वटा गैरसरकारी संस्था मार्फत ५० जना कर्मचारी रहेका छन् । सरकारले विश्व खाद्य कार्यक्रम अन्तर्गत मर्सिकोर नेपालको प्राविधिक सहयोग तथा गिफ्ट नेपालको साझेदारीमा आर्थिक बर्ष २०७६। ७७ बाट प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरेको थियो । त्यस्तै अन्य गैरसरकारी संस्था मार्फत सरफाइ लगायत बिभिन्न कार्यक्रम गर्दै आएको पनि स्थगित भएको छ ।

आधारभुत तहका बालबालिकाहरुको भोक न्युनिकरण, पोषण तथा स्वास्थ्य स्थितिमा सुधार गरि शैक्षिक स्तरमा अभिवृद्धि गर्ने दिर्घकालीन लक्ष्यका साथ सो कार्यक्रम सञ्चालन भएको थियो ।

त्यस्तै आर्थिक बर्ष २०८०।८१ बाट दिवा खाजासँगै स्थानीय स्तरमा उत्पादित आर्गनिक तरकारी खुवाउन पनि अनिवार्य गरिएको थियो । बिद्यालयमा खाजाका लागि भान्सा निर्माणका काम समेत शुरु भइरहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार