
जो देशको लागी लड्यो उसैको उठिवास हुन्छ सधैँ,
देश कहिल्यै गुलाम भएन तर नेता दाश हुन्छ सधैँ।
रोजगार छैन र विदेश नजाँदा लगाउँन खाना पुग्दैन,
जीवित फर्किन्छ की मुर्दा चिन्ताको रास हुँन्छ सधैँ।
छिमेकीले पनि सधैँ गाँस्यो रोजी अनि बेटीको नाता,
सङ्कट पर्छ देशमा उसको योजना खास हुन्छ सधैँ।
किन नेता आमूल परिवर्तन गर्न उठाए बन्दुक उनैले,
अतिरञ्जित नारा सडक र सदनमै तमास हुन्छ सधैँ।
उफ धन कमाउँन गएको छोरा घर धितो राखे पछि,
ऊ बाकसमा फर्किदा घरमा जिउँदै लास हुन्छ सधैँ।
ज जसले महल बनायो उसैको बास छैन ओटलाग्ने,
धनको रास होइन यहाँ चिन्तानै एक गास हुन्छ सधैँ।
