• होमपेज
  • राजनीति
  • एमाले बाजुराको प्रतिनिधी परिषद् बैठक सम्पन्न, जिल्लाकाे बिकासमा सबै एकजुट हुनुपर्ने निष्कर्ष

एमाले बाजुराको प्रतिनिधी परिषद् बैठक सम्पन्न, जिल्लाकाे बिकासमा सबै एकजुट हुनुपर्ने निष्कर्ष

  • बिहिबार, जेष्ठ २, २०८२
एमाले बाजुराको प्रतिनिधी परिषद् बैठक सम्पन्न, जिल्लाकाे बिकासमा सबै एकजुट हुनुपर्ने निष्कर्ष

बाजुरा–  नेकपा एमाले बाजुराले आयोजना गरेको प्रथम जिल्ला प्रतिनिधी परिषद् बैठक बिभिन्न निर्णय गरि सम्पन्न भएकाे छ । बिहिबार सदरमुकाम मार्तडीमा बसेकाे बैठकले १५ बुदे प्रस्ताव सहित बैठक सम्पन्न गरेकाे हाे । पार्टी जिल्ला अध्यक्ष लालबहादुर ओलीले परिषद् बैठकमा १५ बुँदे समयसामयीक प्रस्ताव पेश गरेका छन् । बाजुराको विकास र संगठन निर्माणलाई बिशेष संवोधन गर्ने गरि प्रस्ताव पेश गरिएको र हलबाट पारित भएको नेकपा एमाले जिल्ला कमिटी सचिव काशी विकले बताएका छन  । आठौं जिल्ला अधिवेशनको एक वर्षपछि प्रतिनिधी परिषद् बैठक आयोजना गरिएको एतिहासीक बैठक उपलब्धी मुलक रहेकाे  सचिव विकले बताएका छन ।

बैठकमा बाजुरा जिल्लाको विकास निर्माण कार्यमा जिल्लाका सबै राजनीतिक दलहरुको सहकार्य र एकता आवश्यक छ । राजनीतिक दलहरु बीच छलफल भै सहमतिका आधारमा जिल्लाको समष्टिगत विकास गर्ने गौरवका योजना तयार गर्न सबै राजनीतिक दललाई आव्हान गर्ने निर्णय गरिएकाे छ । बाजुरा जिल्लामा विगतमा घटेका विविध घटनाहरुको असरले राजनीतिक दलहरु बीच खुला सम्वाद हुन नसकिरहेको महशुश भएको छ । सामाजिक शान्ति, राजनीतिक संस्कृतिको विकासका लागि राजनीतिक दलहरुका बीच खुला सम्वाद, छलफलको वातावरण बनाउन जिल्लाका प्रमुख राजनीतिक दलका नेताहरुलाई आग्रह गर्ने,  समाजमा विद्यमान महिला हिंसा, जातीय विभेद, बाल बिज्याइँ तथा दुर्व्यवहार, महिनावारी भएका व्यक्तिप्रति गरिने विभेद विरुद्ध नेकपा (एमाले) सरोकारवालाहरुसँग सहकार्य गर्ने, बाजुरा जिल्लाको विकासका लागि कर्णाली प्रदेश सरहको सहुलियत प्राप्त गर्ने नीतिगत व्यवस्थाका लागि संघीय सरकारको ध्यानाकर्षण गर्ने  ।

बाल विवाह रोक्न स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, विद्यालय, स्वास्थ्य संस्था, साुमदायिक संगठनहरुको सुंयुक्त अभियान संचालन गर्न ध्यानकार्षण लगायतका महत्वपुर्ण निर्णय गरिएकाे नेकपा एमाले बाजुराका सचिव विकले बताए  । संघ, प्रदेश र स्थानीय तहका सरकारका विकास योजनाको एकीकृत लय मिल्नु आवश्यक रहेकाे र स्थानीय दीर्घकालिन आवधिक लक्ष्य र योजनालाई प्राथमिकता दिई काम गर्न तीनै तहका सरकारको ध्यानाकर्षण समेत गर्ने निर्णय गरिएकाे सचिव विकले बताए ।

नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर  थापा, नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगनल रावल लगायतका नेताहरुले  काठमाडौं पछि ७७ जिल्ला मध्ये बाजुराले प्रतिनिधी परिषद् बैठक बसेकोमा धन्यवाद दिँदै, पार्टी संगठन निर्माणमा सबैको योगदान रहेको र रहनुपर्नेमा जाेड दिएका छन ।  देशकै दोस्रो जिल्लाको रुपमा बाजुराले प्रतिनिधी परिषद् बैठकको आयोजना गरेकोमा धन्यवाद दिए । राजनीतिक प्रतिवेदन र सिर्जनशिल कामका लागि निसंकोच प्रंशसा समेत गरेका थिए ।

सचिव काशी विक उपसचिव हरि रोकायाले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सचिव काशी विकले संगठानीक प्रतिबेदन र लेखा समिति अध्यक्ष वृजन शाहीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बडीमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष जनक कुमार बोहराले गरेका थिए ।

प्रथम प्रतिनिधी परिषद बैठककाे उद्धघाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गरेका थिए । परिषद बैठकमा राजनीतिक, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै पार्टीको काम कारबाहीका विषयमा छलफल तथा समीक्षा गहन रुपमा छलफल भएकाे नेकपा एमाले जिल्ला कमिटी उपसचिव हरी बहादुर राेकाया बताएका छन्  ।  नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लाल बहादुर ओलीको अध्यक्षतामा सञ्चालन भएको बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा प्रमुख अथिती रहेका थिए । केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापा, केन्द्रीय सदस्य प्रदेश ख ईन्चार्ज प्रकाश शाह, केन्द्रीय सदस्य प्रदेश क ईन्चार्ज सहदेव बोगटी, विशिष्ट अतिथी रहेका थिए ।  यस्तै केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया , सुदुर पश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, संविधान सभा सदस्य पेम्बा गुरूङ अतिथी रहेका थिए ।
नेकपा एमाले जिल्ला कमिटी उपसचिव हरिबहादुर रोकायाले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य पार्टी उपाध्यक्ष जनक कुमार बोहराले गरेका थिए ।  बैठकमा जिल्लाका ९ वटै पालिकाबाट प्रतिनिधीहरु लगाएत सबैको उपस्थिति रहेको नेकपा एमाले बाजुराले जनाएकाे छ ।  भोलि एमाले जिल्ला कमिटीको बैठक बस्ने नेकपा एमाले बाजुराले जनाएकाे छ।

चर्चामा

सम्बन्धित समाचार